हेटौँडा : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८, धुलेवेशीमा पिङबाट लडेर घाइते भएका ५ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–३, बोरेटार घर भई हाल मामाको घर गएका ६ वर्षीय उज्वल श्रेष्ठ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
उज्वल शनिबार दिउँसो ३ बजेको समयमा आंगनमा रहेको डोरीको पिङ खेल्ने क्रममा लडेर घाइते भएका थिए । घाइते उज्वललाई उपचारका लागि धुलिखेल अस्पताल हुँदै न्युरो अस्पताल बाँसबारी काठमाडौं लगिएको थियो । उपचारको क्रममा आइतबार बिहान ६ बजेर ३५ मिनेटको समयमा चिकित्सकले उज्वलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
