Home मुख्य समाचार हेटौंडा ललितपुर जोड्ने कान्ति लोकपथ पुर्ण रुपमा संचालन

हेटौंडा ललितपुर जोड्ने कान्ति लोकपथ पुर्ण रुपमा संचालन

हेटौँडा : हेटौंडा ललितपुर जोड्ने कान्ति लोकपथ सडक पुर्ण रुपमा संचालनमा आएको छ । शुक्रबार साँझबाट पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ सडक संचालनमा आएको हो ।
पहिरो पन्छाएर शनिबार बिहान ११ः१५ बजेबाट सडक संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार शुक्रबार साँझ सो सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भर्याङडाडामा पहिरो खसेको थियो । सडकको माथिल्लो भागबाट ढुंगा र माटोसहितको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

त्यस्तै सो सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका–१२ स्थित सिमात खोला र जितपुर भञ्ज्याङमा शनिबार बिहान पहिरो खसेको थियो । उक्त पहिरो हटाएर सडक पुर्ण रुपमा संचालनमा ल्याइएको हो ।
सो सडकमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी पुर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । सडक निर्माणका लागि पहाडको भित्ता कटान गरिएकाले सडकको माथीबाट ढुंगा खस्ने भइरहेकाले सचेत भएर यात्रा गर्न प्रहरीको सुझाव रहेको छ ।

Exit mobile version