Home मुख्य समाचार हेटौँडा–भैंसे सडकखण्ड पहिरोका कारण अवरुद्ध

हेटौँडा–भैंसे सडकखण्ड पहिरोका कारण अवरुद्ध

पहिरो पन्छाउँदै डोजर ।

हेटौँडा : त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा–भैंसे खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार साँझ बाघझोरादेखि दक्षिणतर्फ पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरो हटाउन कठिन भएको छ । शनिबार बिहानैबाट दुईवटा मेसिन परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार पहिरो निकै ठूलो रहेकाले हटाउन केही समय लाग्ने छ । उक्त सडक अवरुद्ध हुँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटा दूरीका मार्गसमेत बन्द भएका छन् । सो सडक भएर हेटौँडा आउने सवारीलाई भैंसे र भीमफेदीमा रोकिएका छन् भने हेटौँडाबाट काठमाडौँ जाने सवारीलाई हेटौँडा बजार क्षेत्रमा रोकिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै पहिरोका कारण हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ समेत अवरुद्ध भएको छ । शुक्रबार राती खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउन सकिएको छैन । मकवानपुरको ठिंगन तथा जितपुर भञ्ज्याङमा पहिरो खस्दा समेत अवरुद्ध भएको हो ।

Exit mobile version