Home मुख्य समाचार जीतपुर–सिमरा उपमहानगरका प्रमुख पौडेलको बागमतीमा अवलोकन भ्रमण

जीतपुर–सिमरा उपमहानगरका प्रमुख पौडेलको बागमतीमा अवलोकन भ्रमण

मकवानपुरको बागमती गाउँपालिकाको अवलोकन भ्रमण गर्नुहुँदै जीतपुर–सिमरा उपमहानगरका प्रमुख राजन पौडेल । साथमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान ।

हेटौँडा : मधेश प्रदेशको जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको भ्रमण गर्नुभएको छ । बुधबार जीतपुर–सिमराका प्रमुख पौडेललाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहितको टोलीले पालिकामा भएका विकास निर्माण, शिक्षा तथा खेलकुदको पूर्वाधार लगायतका संरचनाहरुको अवलोकन गराउनुभएको थियो ।

भ्रमणका क्रममा बागमती गाउँपालिकाका अध्यक्ष घलान तथा जीतपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख पौडेलले आ–आफ्नो पालिकाहरुमा भएका विकास निर्माण, नीति, प्रक्रियालगायत विषयमा अनुभव साटासाट गरिएको अध्यक्ष घलानले जानकारी दिनुभयो । भ्रमण टोलीले गाउँपालिकाको जनता माविको परिसर, फुटबल एकेडेमी भवन, नवनिर्मित रंगशालालगायतका संरचनाहरुको अवलोकन गरेका छन् ।

गाउँपालिकामा भएका विकास निर्माण सम्बन्धमा सकारात्मक तथा नकारात्मक प्रतिक्रिया आदानप्रदान गरिएको र निकट भविष्यमा बागमती गाउँपालिका अध्यक्षसहितको जनप्रतिनिधि टोली जीतपुर–सिमरा उपमहानगरपालिकाको अवलोकन भ्रमणमा जाने योजना रहेको अध्यक्ष घलानले जानकारी दिनुभयो । विशेषगरी सो उपमहानगरपालिकामा रहेका उद्योगहरुको अवलोकन भ्रमण गर्ने योजना आफूले राखेको पनि अध्यक्ष घलानले बताउनुभएको छ ।

Exit mobile version