Home मुख्य समाचार लागूऔषधसहित हेटौँडाबाट ४ जना पक्राउ

लागूऔषधसहित हेटौँडाबाट ४ जना पक्राउ

हेटौँडा : लागूऔषधसहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै २ स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गाँजा र ट्रामाडोलसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ८ बजेको समयमा हेटौँडा–११ स्थित अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले हेटौँडा–११, थानाभर्‍याङमा शंकास्पद अवस्थामा बसिरहेका ३१ वर्षीय सञ्जय बिक र २४ वर्षीय किरण सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ट्रामाडोल ९ क्यापसुल, डाईजेपाम २३ एम्पुल र लागूऔषध गाँजा २०० ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहीबार बिहान साढे ९ बजेको समयमा लागूऔषध खैरो हेरोइनसहित २ जनलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–३, लेवटबाट शंकास्पद अवस्थामा बसिरहेका २५ वर्षीय दिपेश सुनार र हेटौँडा–१३ का २६ वर्षीय सुशान्त थोकर ६२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरीले चारैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version