Home मुख्य समाचार पालिकाहरुलाई इकाईको अभिमुखीकरण

पालिकाहरुलाई इकाईको अभिमुखीकरण

अभिमुखीकरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः विद्यालय एवम् स्थानीय तहका पदाधिकारीहरुलाई शैक्षिक नीतिसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आइतबार र सोमबार शिक्षा विकास समन्वय इकाई मकवानपुरको आयोजनामा अभिमुखीकरण भएको हो ।

मकवानपुर जिल्लाका १० वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको इकाईका प्रमुख सुदिप गिरीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहबाट सञ्चालन हुने शिक्षासम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको बारेमा केन्द्रित रहेर अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो । अभिमुखीकरणमा इकाई प्रमुख गिरीले सहजीकरण गर्नुभएको थियो ।

Exit mobile version