Home मुख्य समाचार भीमफेदी कारागारमा कैदीको मृत्यु

भीमफेदी कारागारमा कैदीको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा एक कैदीको मृत्यु भएको छ । शनिबार बिहान ६ बजेको समयमा कारागारमा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका चितवन जिल्लाको कालिका नगरपालिका–६ का ४३ वर्षीय विष्णुप्रसाद दूलालको मृत्यु भएको हो ।

उच्च रक्तचापबाट बेहोस भएर उपचारका लागि तत्काल हेटाँडा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा दूलालको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ । दूलाल २०७८ साल साउन १८ गते पक्राउ परेका थिए ।

Exit mobile version