Home मुख्य समाचार जिल्ला प्रशासनद्वारा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुलाई कागजात अद्यावधिक गरी पेश...

जिल्ला प्रशासनद्वारा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुलाई कागजात अद्यावधिक गरी पेश गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना ।

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुलाई ७ दिनभित्र आवश्यक कागजात अद्यावधिक गरी पेश गर्न निर्देशन दिएको छ ।

सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन विपरीत र अनुमति नलिई केही संस्था सञ्चालन भएको गुनासो आएपछि आवश्यक विवरण माग गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र कागजात नबुझाउने वा मापदण्ड नपुगे कारबाही हुने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित संस्थाहरुलाई शिक्षा मन्त्रालय वा प्रदेश सरकारको इजाजतपत्र, स्थानीय पालिकाको व्यवसाय दर्ता प्रमाणपत्र, कर विवरण, नवीकरण प्रमाणपत्र, भाषा प्रशिक्षक र परामर्शदातासँग गरिएको करार सम्झौता, घरभाडा सम्झौता, विदेशी प्रशिक्षक भए श्रम स्वीकृति तथा भिसा कागजात लगायतका प्रमाण पेस गर्न निर्देशन दिएको छ ।

Exit mobile version