Home मुख्य समाचार नेपाली समाज पितृ सत्तासोचबाट मुक्त हुन सकेको छैन : प्रदेशसभा सदस्य नेपाल

नेपाली समाज पितृ सत्तासोचबाट मुक्त हुन सकेको छैन : प्रदेशसभा सदस्य नेपाल

बागमती प्रदेशसभा सदस्य अमृता नेपाल

हेटौँडा : बागमती प्रदेशसभा सदस्य अमृता नेपालले नेपाली समाज पितृ सत्तासोचबाट मुक्त हुन नसकेको बताउनुभयो । उहाँले संविधानमा महिला अधिकारका विषय उल्लेखीत भएपनि व्यवहारिक कार्यान्वयन हुन नकसकेको बताउनुभयो ।

बागमती प्रदेशसभाको बुधबार बसेको बैठकको विषेश समयमा सम्बोधन गर्दै माओवादी केन्द्रकी सांसद नेपालले संविधानमा भएका महिलान अधिकारका विषयहरु कार्यान्वयनमा अहिले चुनौतीको रुपमा रहेको बताउनुभयो ।

नेपाल सरकारले बहुविवाह सम्बन्धी कानुन संशोधन गर्न मस्यौदा तयार गरेको विषयले गम्भीर बनाएको उहाँको भनाइ छ । आधा धर्ति ढाकेका महिलाहरुलाई चिन्तीत बनाउने गरी घरमा पत्नी हुँदाहुँदै कारणसहित अर्को पनि विवाह गर्न पाउने कानुनको मस्यौदा तयार पार्नु आफैमा प्रतिगमनकारी कार्य भएको उहाँको ठहर छ ।

उक्त कानुन नेपालको संविधान २०७२ को प्रस्तावना, मौलिक हक र सबै प्रकारको भेदभाव उन्मूलन महासन्धी पूर्व राष्ट्रको विरुद्ध रहेको उहाँले बताउनुभयो । मुलुकी अपराध संहिता २०६८ लागू भएको २०७५ भदौ १ गतेदेखि पूर्णतः निषेध रहेको बहुविवाहलाई छुट दिने गरी सरकारले सो कानुन ल्याउनु कुनै महिलाका लागि स्वीकार्य नहुने सांसद नेपालको भनाइ छ । उहाँले नेपाल सरकारको कानुन मन्त्रालयले ल्याउन लागेको बहुविवाह सम्बन्धी संशोधन मस्यौदा खारेजको माग राख्नुभयो ।

Exit mobile version