हेटौँडा : नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले हेटौँडा–१०, भुटनदेवीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । बुधबार प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा ५७ जना पुरुष र ८ जना महिलाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । शुक्रबार हेटौँडा–२, स्थित मनकामनाचोकमा रहेको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पनि रक्तदान कार्यक्रम हुँदैछ । केन्द्रमा अहिले रगत अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।
