हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संघ मकवानपुरको तेस्रो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट पुनः बिदुर प्रसाद चौलागाईको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको छ ।
समितिको पदाधिकारीहरुको टुङ्गो समितिको पहिलो बैठकले तय गर्ने जनाइएको छ । यसअघिको कार्यकालमा पनि चौलागाई नै समितिको अध्यक्ष रहनुभएको थियो । संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामहरी न्यौपाने, केन्द्रिय सदस्य राम बहादुर थोकर, राप्रपा किसान संगठनका केन्द्रिय अध्यक्ष राममणि न्यौपाने, राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने लगायतको उपस्थिति थियो ।
