Home खेलकुद फुलकन्ट्याक्ट कराते महासंघमा श्रेष्ठ

फुलकन्ट्याक्ट कराते महासंघमा श्रेष्ठ

फुलकन्ट्याक्ट कराते महासंघ मकवानपुरको अध्यक्षमा निर्वाचित विष्णु श्रेष्ठ ।

हेटौँडा : मकवानपुर जिल्लाभित्र रहेका क्रियाशील फुलकन्ट्याक्ट कराते विधाका संघका प्रशिक्षक खेलाडीको उपस्थितिमा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियनका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा भेला सम्पन्न भएको छ ।

प्रदेश फुलकन्ट्याक्ट कराते महासंघ बागमतीको पत्रानुसार बागमती प्रदेश फुलकन्ट्याक्ट कराते महासंघ तदर्थ समितिका अध्यक्ष एवम् प्रतिनिधि केशव देसारको उपस्थितिमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोईरालाको आतिथ्यमा फुलकन्ट्याक्ट करातेका खेलाडी प्रशिक्षक खेल संघको हकहित र समान अवसरको सुनिश्चितताका लागि मकवानपुर जिल्ला फुलकन्ट्याक्ट कराते महासंघ गठन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

भेलाबाट नेपाल बालकुमारी क्योकुशिन करातेका केन्द्रीय उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । समितिमा उपाध्यक्षद्वय लवाङदोर्जे लामा, चन्द्रकुमार गोले, सचिव एञ्जीला मोक्तान, कोषाध्यक्ष सीता श्रेष्ठ, सदस्यमा सुसन श्रेष्ठ, शशीप्रसाद बिश्वकर्मा, अमित गोले, बसन्ती स्याङ्तान सर्वसम्मत चयन गरिएको छ ।

Exit mobile version