Home मुख्य समाचार लागूऔषध ट्रामाडोलसहित हेटौँडाका प्रविन पक्राउ

लागूऔषध ट्रामाडोलसहित हेटौँडाका प्रविन पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषध ट्रामाडोल ।

हेटौँडा : मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ आदामारका ३० वर्षीय प्रविन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सोमबार राती ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको लामालाई सुरक्षा जाँच गर्दा ट्रामाडोल बरामद गरेको थियो । प्रहरीले लामाको साथबाट लागूऔषध ट्रामाडोल ३ हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा लामाले उक्त लागूऔषध हेटौंडा–१२ बस्ने एक व्यक्तिबाट खरिद गरेको बताएका आधारमा बिक्रीकर्तालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई देख्नासाथ साथमा बोकेको झोला फाली फरार भएका थिए । उक्त झोलाबाट थप ६ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनाको साथबाट ९ हजार क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद गरेको छ । पक्राउ परेका लामालाई लागूऔषध सम्बन्धी मुद्दामा म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने फरार व्यक्तिको खोजी कार्य भईरहेको जनाएको छ ।

Exit mobile version