Home मुख्य समाचार चितवनमा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जना घाइते

चितवनमा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जना घाइते

हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जना घाइते भएका छन् । आइतबार चितवनको भरतपुर महानगरपालिका–२७, पर्साढाप सानोटोलमा चितुवाको आक्रमणमा परेर वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा ८० वर्षीया यङनि चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दिउँसो ४ बजेर १५ मिनेटको समयमा आफ्नै बारीमा झाडी सफा गर्ने क्रममा चौधरीलाई जङ्गली चितुवाले आक्रमण गरेको थियो । घाइते चौधरीका अवस्था मध्यम रहेको छ । चौधरीको चितवनस्थित भरतपुर सरकारी अस्पताल उपचार भई रहेको छ ।

चितवनको राप्ती नगरपालिका–१, परेवाकोटमा बाख्रा चराउने क्रममा भिरबाट लडेर एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा ४६ वर्षीय टेक बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा लडेर तामाङ घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि चितवनस्थित तत्काल भरतपुर सरकारी अस्पतालमा उपचारका लागिएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–३, बेल्सी पुलमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । आइतबार साँझ ७ बजेर १० मिनेटको समयमा बा प्र ०३–००४ प ४५१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५, घर भई हाल रत्ननगर–२ बस्ने ५५ वर्षीय अजमुल्ला मियाँ घाइते भएका थिए । घाइते मियाँको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । मोटरसाइकल चालक बाराको परवानीपुर गाउँपालिका–२, का २९ वर्षीय समिर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२, क्षेत्रपुर मिल्स एरियामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन् । आइतबार साँझ बेलुका ७ बजेर ५० मिनेटको समयमा लु प्र ०१–००७ प ०३९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय चित्रबहादुर गुरुङ घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते गुरुङको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका भईरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version