Home खेलकुद यु–२० राष्ट्रिय महिला फुटबल टिममा मकवानपुरकी सजिना

यु–२० राष्ट्रिय महिला फुटबल टिममा मकवानपुरकी सजिना

यु–२० राष्ट्रिय महिला फुटबल टिममा पर्न सफल मकवानपुरकी सजिना स्याङ्तान ।

हेटौँडा : भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले आइतबार नेपाली टोलीको घोषणा गरेका हुन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा डीपीआर कोरिया, भुटान र साउदी अरेबिया पनि छन् । साफ यू–२० च्याम्पियनसिप खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ । झुमा विकको स्थानमा मकवानपुरकी सजिना स्याङ्गतान टोलीमा समावेश छन् ।

नेपालको अन्तिम टोली गोलकिपरमा लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ छन् । डिफेन्डरमा मकवानपुरकी सजिना स्याङ्तानसहित सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, गंगा रोकाया, अनिशा राई, सीता रोकाया छन् । मिडफिल्डरमा कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार छन् । फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर छन् ।

Exit mobile version