Home मुख्य समाचार बागमती कांग्रेस संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता, धरापमा बहादुरको मुख्यमन्त्री पद

बागमती कांग्रेस संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता, धरापमा बहादुरको मुख्यमन्त्री पद

२१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

२१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको एक सांसदले बताउनुभयो । बहादुरविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित नभएको उहाँको भनाइ छ ।

बहादुरलाई हटाउन १९ सांसद चाहिनेमा २१ जनाको हस्ताक्षर जुटेको हो ।

यससँगै कुनै नाटकीय मोड नआए मुख्यमन्त्री तामाङ संसदीय दलमा नरहने देखिएको छ । संसदीय दलको नेता परिवर्तन भएमा उनी मुख्यमन्त्री पनि रहने छैनन् ।

Exit mobile version