Home मुख्य समाचार बागमतीका आर्थिक ममिला मन्त्री काफ्ले कोरिया जाने

बागमतीका आर्थिक ममिला मन्त्री काफ्ले कोरिया जाने

आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ।

हेटौंडाः बागमती प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको वैदेशिक भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्री काफ्लेको तीन दिनको भ्रमण स्वीकृत गरेको हो ।

मुख्यमन्त्री लामाले ललितपुरको भैंसेपाटीस्थित निवासमा बिहान १० बजे मन्त्रिपरिषद् बैठक राख्नुभएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट उपसचिव श्रीकृष्ण आचार्यले मन्त्री काफ्लेको भ्रमणसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्रिपरिषद्को बैठक निमित्त प्रमुख सचिवको जिम्मेवारीमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रितेश शाक्यले मन्त्री काफ्लेको भ्रमणसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रमुख सचिव भुपाल बराल भने प्रदेश राजधानी हेटौंडामा रहनुभएको थियो ।

मन्त्री काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी शुक्रबार हुने कार्यक्रममा सहभागी हुन आज बिहीबार दक्षिण कोरिया जानुहुनेछ । एनआरएनए दक्षिण कोरियाको निमन्त्रणामा मन्त्री काफ्ले कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ । मन्त्री काफ्लेको कोरिया भ्रमणको खर्च सरकारले नव्यहोर्ने गरी मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

Exit mobile version