हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा २ जना मृत फेला परेका छन् भने एक कंकाल र एक नवजात शिशु फेला परेका छन् । शुक्रबार प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेपलाञ्चोक ४ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रसुवाको आमाछोदीङ्मो गाउँपालिका–५, पाताङगाङमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४७ वर्षीय सुनाम दोर्जे तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ बुधबार बिहान १० बजेको समयमा निर्माणाधिन सुपर सान्जेन (७८ मे.वा.) जलविद्युत आयोजनामा काममा गएका थिए । तामाङ अबेरसम्म घर फर्की नआएकोले खोजी गर्दै जाने क्रममा बिहीबार बिहान ८ बजेर ४५ मिनेटको समयमा कच्ची रोडबाट ४ सय मिटर तल भिरमा मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–८, घ्याम्पेखोलामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ का ३० वर्षीय कमान तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । कमान शुक्रबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा चिउरेभञ्जयाङ जङ्गलको भिरबाट २ सय मिटर तल पाखामा सडेर गलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा कमान असार १८ गते घरबाट आफुखुसी हिँडेको र मानसिक अवस्था ठिक नभएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६, बन्दर्वामा कंकाल फेला परेको छ । शुक्रबार साँझ ५ बजेर २० मिनेटको समयमा ६४ वर्षीय सार्की तामाङको कंकाल फेला परेको प्रहरीले जानकारी दिएको छ । तामाङ गत जेठ २८ गतेदेखि घरबाट हराएका थिए । तामाङलाई खोजतलास गर्दै जाने क्रममा बेत्रावती सामुदायिक जंगलमा कंकाल भइसकेको अवस्थामा फेला परेका थिए । तामाङलाई कपडा र चप्पलको आधारमा आफन्तले पहिचान गरेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–९ कोलनीस्थित त्रिशुली अस्पतालको शौचालयमा एक नवजात शिशु (छोरी) मृत फेला परेको छ । शुक्रबार साँझ ५ बजेको समयमा बिदुर नगरपालिका–१२, मदनपुर बस्ने २२ वर्षीया सुजिता अधिकारीले शौचालयमा शिशु छोडेको प्रहरीले जानकारी दिएको छ । सुजितालाई पेट दुखेर उपचारका लागी ल्याई इमर्जेन्सीमा उपचार गराइरहेको थियो । सुजता शौचालय गएर आउँदा शरीरमा रगत रहेकाले नर्स शौचालयमा गई हेर्दा महिना पुगेको नबजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
