Home मुख्य समाचार कैलाश गाउँपालिकामा पहिलो त्रैमासिक परीक्षा सुरु

कैलाश गाउँपालिकामा पहिलो त्रैमासिक परीक्षा सुरु

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका विद्यालयमा पहिलो त्रैमासिक परीक्षा आइतबारबाट सुरु भएको छ । आइतबारबाट सञ्चालन भएको परीक्षा ३० गतेसम्म सञ्चालन हुने पालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो । परीक्षा शैक्षिक क्यालेण्डरअनुसार भएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो वर्षदेखि गाउँपालिकाले नै परीक्षा सञ्चालन गर्दै आएकाले परीक्षा क्यालेण्डर अनुसार नै सञ्चालन भएको हो । शिक्षा शाखा प्रमुख जोशीका अनुसार यस वर्ष परीक्षा पश्चात् अतिरिक्त कक्षा सञ्चालन हुँदैन । विद्यालय साउन २६ गतेबाट खुल्ने उहाँले जानकारी दिनुभयो । ६ वटा मावि, ४ निमावि र ३३ वटा प्रावि गरि ४३ वटा विद्यालय रहेका छन् । गाउँपालिकाका विद्यालयमा हाल ५ हजार जना विद्यार्थी अध्ययनरत रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ सय जना विद्यार्थी कम भर्ना भएका छन् ।

Exit mobile version