Home मुख्य समाचार लागूऔषधसहित खैरो हेरोइनसहित २ जना पक्राउ

लागूऔषधसहित खैरो हेरोइनसहित २ जना पक्राउ

लागूऔषधसहित पक्राउ परेका घर्ती र श्रेष्ठ ।

हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा हेटौँडा–१७, अंगारेश्वर मन्दिर परिसरबाट प्रहरीले १ ग्राम २३० मिलीग्राम लागूऔषध खैरो हेरोइनसहित नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका–१४ घर भई हाल हेटौँडा–१७ बस्ने २६ वर्षीय कपिल घर्ती र पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१६ का २४ वर्षीय अनुत्तम बहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अंगारेश्वर मन्दिर परिसरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले घर्ती र श्रेष्ठलाई पक्राउ गरिएको थियो । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई उनीहरुलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version