हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभि गाडि दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो १ बजेको समयमा भीमफेदी कुलेखानी काठमाडौं सडक खण्डमा हेटौँडाबाटकाठमाडौं तर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिए सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा पर्सा जिल्ला जिरा भवानी गाउँपालिका–३ बस्ने ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत देशको विहार बस्ने ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमा शंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमार घाइते भएका थिए । घाइते ५ चै जनालाई उपचारका लागि काठमाडौं तर्फ लगिएको छ । गाडि चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ बस्ने २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
