Home मुख्य समाचार ३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट शुक्रबार ८७ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब सङ्कलन भएको ८७ जना मध्ये ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको हेटौंडास्थित आइसोलेसन वार्डका प्रमुख डा. अर्जुन खड्काले बताउनुभयो ।

डा. खड्काका अनुसार आज पनि ४२ जनाको स्वाबको नमूना कोरोना परीक्षण गर्न हेटौंडा–१०, स्थित कोरोना प्रयोगशालामा पठाइएको छ । हाल हेटौंडास्थित आइसोलेसन वार्डमा १६ जना कोरोना संक्रमितहरु उपचाररत छन् । त्यस्तै ३ जना कोरोना लक्षण भएका व्यक्ति पनि उपचाररत रहेको उहाँले बताउनुभयो । हालसम्म हेटौंडास्थित आइसोलेसन वार्डबाट ४५ जना कोरोना संक्रमितले उपचार सेवा लिएका छन् भने २९ जना कोरोना संक्रमण पुष्टि भएकाहरु निको भएर घर फर्किएका छन् ।

Exit mobile version