Home मुख्य समाचार गाँजा खोज्दै कैलाश गाउँपालिकामा प्रहरी, ४ जना पक्राउ

गाँजा खोज्दै कैलाश गाउँपालिकामा प्रहरी, ४ जना पक्राउ

हेटौँडा : प्रतिवन्धित लागूऔषध गाँजा र अफिमको अवैध खेती हुने मकवानपुरको कैलाश गाउँपालिकामा प्रहरीको सोमबार बिहान ८ बजेको समयमा ठूलो परिमाणमा गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

ठूलो परिमाणमा लागूऔषध गाँजा रहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पालुङबाट समेत प्रहरी खटिएर लागूऔषध गाँजा १ हजार ७४ किलोग्राम बरामद गरेको छ । प्रहरीले कैलाश गाउँपालिका–५, कटहरेका ७३ वर्षीय हरिबहादुर वाईबा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन भन्ने बद्रिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Exit mobile version