हेटौँडा: हेटौँडा–१५, रातोमाटेमा ट्रक (लरी) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेर ३० मिनेटको समयमा भारतबाट हेटौँडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा कोइला लिएर आएको ट्रक रातोमाटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
युपी ६२ एटी ०९६२ नम्बरको ट्रक दुर्घटना हुँदा भारतको गाजिपुर जिल्ला पुरैनियाका ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ट्रकका सहचालक २६ वर्षीय मनोज यादव सामान्य घाइते भएका छन्।
