हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपपालिका–४, चौकी डाँडा भिरबाट हामफालेर श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मंगलबार दिउँसो १२ बजेको समयमा ४७ वर्षीय लीला बहादुर प्रजा र ४२ वर्षीया कुमारी प्रजा भिरबाट हामफाल्दा कुमारीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घरायासी विवाद कारण भिरबाट हामफाल्दा कुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो भने लीलाबहादुर गम्भिर घाइते भएका थिए । घाइते लीलाबहादुरको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
