Home मुख्य समाचार नगरस्तरीय बाल सञ्जालमा सुदान्सु

नगरस्तरीय बाल सञ्जालमा सुदान्सु

नगरस्तरीय बाल सञ्जाल पुनर्गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको नगरस्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको एक भेलाले हेटौँडा–८ का सुदान्सु थापाको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । यसअघिका अध्यक्ष स्मृति अधिकारीको अध्यक्षतामा भएको भेलाले नगरस्तरीय बाल सञ्जालको उपाध्यक्षमा श्रेयसी पौडेल, सचिवमा सम्पूर्ण नेपाली, कोषाध्यक्षमा राधा बिक र सहसचिवमा विजनेस सञ्जेल चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ । नगरका १९ वटै वडाबाट १ जना बालक र १ जना बालिकाको सहभागितामा भेला भएको हो । हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको सन्दर्भमा बाल सञ्जाल गठन गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाले स्थानीय सरकारमा बालसहभागिता सुनिश्चित गर्न, बालमैत्री पालिकाको दीगोपनाका लागि पनि बाल सञ्जाललाई निरन्तरता दिएको हेटौँडा उपमहानगपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो । टोल, वडा हुँदै नगर सञ्जालमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको छ । यस्तै सदस्यमा सुमिना लामिछाने, सन्ध्या घुटुकँडे, अतित कोइराला, स्तोत्र लामिछाने, विविका गौतम, विप्लव घलान, अर्चना मोक्तान, अन्जिता पाख्रिन, दिपसन सापकोटा र आविष्कार अधिकारी चयन हुनुभएको छ ।

Exit mobile version