हेटौँडा : नुवाकोट जिल्लाको बेलकोटगढी गाउँपालिका–७, कल्चेडीभिरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेर ५० मिनेटको समयमा गल्छी त्रिशुली सडकखण्डमा ना ६ ख १०६० नम्बरको ट्रक गल्छीतर्फ जाने क्रममा सोहि दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०२९ प १६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक नुवाकोटका तारकेश्वर गाउँपालिका–३ बस्ने ४५ वर्षीय शंकर मान श्रेष्ठ गम्भिर घाईते भएका थिए । घाइते शंकरको धादिङ जिल्लास्थित अम्बे भरोसा अस्पताल गल्छीका सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित बि एण्ड बि अस्पताल लगिएकोमा साँझ ५ बजेर ५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको थियो । ट्रक चालक हेटौँडा–८ का ४० वर्षीय दिपक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
