हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–१, कुन्छालमा देवरले भाउजुको हत्या गरेका छन् ।
बिहीबार दिउँसो अन्दाजी ५० वर्षीया तुलुमाया गोपालीको देवर नाता पर्ने ३५ वर्षीय पुरुषले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभएको छ । प्रहरीले हत्या गर्ने पुरुषलार्य नियन्त्रणमा लिएको जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
