Home मुख्य समाचार विवाह वर्षगाँठको अवसरमा विद्यार्थीलाई पोशाक सहयोग

विवाह वर्षगाँठको अवसरमा विद्यार्थीलाई पोशाक सहयोग

विद्यार्थीलाई पोशाक हस्तान्तरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले विवाह २७औं विवाह वर्षगाँठको अवसरमा विद्यालयका ५ जना विद्यार्थीलाई विद्यालय पोशाक (सदन पोशाक) वितरण गर्नुभएको छ ।

बिहीबार प्रधानाध्यापक उप्रेतीले विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो । अमर माध्यमिक विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो जन्मदिन, विवाह वर्षगाँठ, सन्तानको जन्मदिनको अवसर, पीतृको स्मृतिमा समेत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने गरेको छ ।

Exit mobile version