Home मुख्य समाचार बेहोस अवस्थामा फेला परेकी संगीताको मृत्यु

बेहोस अवस्थामा फेला परेकी संगीताको मृत्यु

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–८, खानीडाँडामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया संगीता मानन्धर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार बिहान १० बजेको समयमा संगीता भान्सा कोठामा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन् । संगीतालाई उपचारका लागि दोलखाको चरिकोटस्थित च्छो–रोल्पा अस्पताल लगिएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version