हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौँडा–८, कमानेका ३० वर्षीय विकास देउलालाई पक्राउ गरेको छ । सोमबार साँझ ६ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाईट्राभेट र डाईजेपामसहित विकासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले विकासको घरमा सुरक्षाजाँच गर्दा सोफा भित्र लुकाएर राखेको अवस्थामा लागूऔषध नाईट्राभेट २७० ट्याब्लेट र डाईजेपाम ४८ एम्पुल बरामद गरेको जनाएको छ । लागूऔषधसहित विकासलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
