Home अर्थ/व्यापार अमर माविकी सुमिनालाई महालक्ष्मी बैंकको छात्रवृत्ति वापत ५० हजार

अमर माविकी सुमिनालाई महालक्ष्मी बैंकको छात्रवृत्ति वापत ५० हजार

सुमिना लामिछानेलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिँदै ।

हेटौँडा : महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी छात्रालाई छात्रवृत्तिवापत ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ । सोमबार विद्यालयमै पुगेर एक कार्यक्रमका बीच कक्षा–८ की छात्रा सुमिना लामिछानेलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

बैंकले सुमिनालाई लगातार ३ वर्ष छात्रवृत्ति रकम प्रदान गर्नेछ । यसअघि बैंकले सुम्निमा भोम्जनलाई लगातार तीन वर्ष छात्रवृत्ति रकम प्रदान गरेको थियो । बैंकका संस्थापक एवम् पूर्वअध्यक्ष स्वर्गीय अशोक श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘स्व. अशोक श्रेष्ठ महालष्मी मेरिट छात्रवृत्ति’ सुमिनालाई प्रदान गरिएको महालक्ष्मी विकास बैंकका बागमती प्रदेश (ख) प्रमुख शम्भुप्रसाद पराजुलीले जानकारी दिनुभयो । ८ कक्षामा अध्ययनरत विद्यार्थीलाई एसईई उत्तीर्ण हुने अवधिसम्म लगातार तीन वर्ष छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।

छात्रवृत्ति रकम हस्तान्तरणका लागि स्वर्गीय अशोक श्रेष्ठकी श्रीमति निर्मला श्रेष्ठ, महालक्ष्मी विकास बैंकको बागमती प्रदेश (ख) प्रमुख शम्भुप्रसाद पराजुली, हेटौँडा शाखाका प्रबन्धक अनन्तराज धिताल विद्यालय पुग्नुभएको थियो । वडाध्यक्ष सविन न्यौपाने, विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानुका गिरीको उपस्थितिमा छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।

Exit mobile version