Home मुख्य समाचार लागूऔषध र हतियारसहित राक्सिराङका राजु स्याङ्तान पक्राउ

लागूऔषध र हतियारसहित राक्सिराङका राजु स्याङ्तान पक्राउ

लागूऔषध र हातहतियारसहित पक्राउ परेका राजु स्याङ्तान ।

हेटौँडा : लागूऔषध र हतियारसहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का राजु स्याङ्तानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले शनिबार साँझ ७ बजेको समयमा स्याङ्तानको घरमा तलासी गर्ने क्रममा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र १३ राउण्ड गोली, कटुवा पेस्तोल १ थान र ८ एमएम लेखिएको गोली (कार्तुस) १२ राउण्ड, लागुऔषध अफिम १ किलो ३१० ग्राम र लागूऔषध गाँजा २२ किलो ८०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले राजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रहरीले राजु स्याङ्तानलाई पनि पक्राउ गरी लागूऔषध तथा हातहतियार, खरखजानासम्बन्धी कसुरमा कारवाही अगाडि बढाएको जनाएको छ ।

Exit mobile version