हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
आइतबार प्रदेश सभामा प्रस्तुत भएको मन्त्रालयगत बजेट तपसील बमोजिम प्रस्तुत गरिएको छ ।
– भौतिक पूर्वाधार विकास मन्त्रालय : २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ ।
– खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय : ७ अर्ब २८ करोड ७१ लाख रुपैयाँ ।
– कृषि तथा पशुपन्छी विकास मन्त्रालय : २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ ।
– संस्कृति पर्यटन मन्त्रालय : ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ ।
– सहकारी तथा गरिवी निवारण मन्त्रालय : २५ करोड ७८ लाख रुपैयाँ ।
– उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय : ७७ करोड ९६ लाख रुपैयाँ ।
– श्रम, रोजगार तथा यातायात मन्त्रालय : ८७ करोड ४१ लाख रुपैयाँ ।
– स्वास्थ्य मन्त्रालय : ३ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ ।
– सामाजिक विकास मन्त्रालय : ४ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ ।
– युवा तथा खेलकुद मन्त्रालय : १ अर्ब १६ करोड रुपैयाँ ।
– आन्तरिक मामिला तथा कानुन मन्त्रालय : ६२ करोड ११ लाख रुपैयाँ ।
– वन तथा वातावरण मन्त्रालय : ३ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ ।
