Home मुख्य समाचार शिक्षक सेवा आयोगको मावि तहको परीक्षामा ३८८ अनुपस्थित

शिक्षक सेवा आयोगको मावि तहको परीक्षामा ३८८ अनुपस्थित

हेटौँडा–५ स्थित बालज्योति मावि परीक्षा केन्द्रमा परीक्षा दिँदै आयोगका परीक्षार्थी ।

हेटौँडा : शिक्षक सेवा आयोगले शनिबार लिएको माध्यमिक तहको विषयगत परीक्षामा ३ सय ८८ जना अनुपस्थित भएका छन् । प्रारम्भिक परीक्षामा उत्तीर्ण भएका १ हजार ४ सय २६ जनामध्ये १ हजार ३८ जना (८५.५६ प्रतिशत) मात्रै विषयगत परीक्षामा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।

इकाईले परीक्षाका लागि हेटौँडाका ३ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेको थियो । इकाईले हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–४ स्ति आधुनिक राष्ट्रिय मावि र हेटौँडा–५ स्थित बालज्योति माविमा परीक्षा केन्द्र निर्धारण गरेको थियो । गत चैत १६ गते लिइएको प्रथमपत्रको परीक्षामा सहभागी भएका ८ हजार भन्दा बढी परीक्षार्थी मध्ये १ हजार ४ सय २६ जना परीक्षार्थी उत्तीर्ण भएर विषयगत परीक्षामा सहभागी हुन योग्य भएका थिए ।

परीक्षा बिहान ११ बजेबाट सुरु भएर २ बजे सकिएको थियो । विषयगत परीक्षाको नतीजा ३ देखि ४ महिनाभित्र सार्वजनिक हुनेछ । विषयगत परीक्षापछि अन्तरवार्ता लिएर आयोगले स्थायी शिक्षक छनोट गर्नेछ ।

Exit mobile version