Home मुख्य समाचार गरिब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

गरिब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

शैक्षिक सामग्री हस्तान्तरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा पनि पोशाक किन्न नसकेको विपन्न र जेहेन्दार विद्याथीलाई सदनगत पोशाक, व्याग, जुत्ता, मोजा वितरण गरेको छ । विद्यालयको आफ्नै बजेटबाट २५ जना विद्यार्थीलाई शुक्रबार सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

कक्षा १ मा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको हो । १० कक्षासम्म पठनपाठन हुने श्रमिक माविमा ७ सयभन्दा बढी संख्यामा विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version