हेटौँडा : हेटौँडा–१२, पदमपोखरीस्थित सनराइज इंग्लिस बोर्डिङ स्कूलमा विद्यार्थी कप्तान र उपकप्तान चयन गर्न निर्वाचन भएको छ ।
बिहीबार भएको निर्वाचनबाट कक्षा–८ का नितिन मोक्तान कप्तानमा निर्वाचित हुनुभएको छ भने उपकप्तानमा कक्षा–९ का आदित्य सिन्तान निर्वाचित हुनुभएको छ । सनराइजले विद्युतीय मतदानको व्यवस्था गरेको थियो । ४ कक्षादेखि १० कक्षासम्मका ३ सय ६३ जना विद्यार्थीले मतदान गरेका थिए । सनराइजमा विद्यार्थी कप्तान, उपकप्तान तथा सदनगत कप्तान, उपकप्तान चयनका लागि निर्वाचन भएको यो तेस्रो वर्ष हो ।
