Home मुख्य समाचार लागूऔषध खैरो हेरोईनसहित निश्चल र अभिषेक पक्राउ

लागूऔषध खैरो हेरोईनसहित निश्चल र अभिषेक पक्राउ

लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका निश्चल र अभिषेक

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–९, गुम्बा चोकबाट लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेर १० मिनेटको समयमा लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गुम्बा चोकबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लागूऔषधसहित मकवानपुरको कैलाश गाउँपालिका–९ घर भई हाल हेटौँडा–४ कर्रामा बस्ने १९ वर्षीय निश्चल लामा नेगी र चितवन जिल्लाको राप्ती नगरपालिका–६, घर भई हाल हेटौँडा–९, बस्ने २० वर्षीय अभिषेक रानालाई पक्राउ गरेको थियो । प्रहरीले उनिहरुको साथबाट १ ग्राम ६५० मिलि ग्राम लागूऔषध खैरो बरामद गरेको थियो । निश्चल र अभिषेकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version