हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३, भस्मेखोलामा ट्रिफर रोडबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार १२ बजेर ४५ मिनेटको समयमा काठमाडौं–मेलम्ची सडक खण्डमा काठमाडौंबाट मेलम्चीतर्फ आउँदै गरेको बा ४ ख ७५०६ नम्बरको खाली ट्रिफर रोडबाट २ सय मिटर तल खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुघटनामा चालक मेलम्ची नगरपालिका–८ बस्ने ४० वर्षीय पूर्णमान दोङ गम्भिर घाईते अवस्थामा फेला परेका थिए । पूर्णमानलाई उपचारका लागि मेलम्ची नगर अस्पताल लगिएकोमा मंगलबार बिहान २ बजेर १५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
