हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–५, हर्दीमा कारको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका १२ बजेको समयमा भण्डाराबाट खुरखुरेतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो कलरको कारले अन्दाजी २२ वर्षीय पुरुषलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
कारको ठक्करबाट पुरुष गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा राती १ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने कार र चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक पुरुषको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
