Home खेलकुद यु–१६ क्रिकेटः मकवानपुरको लगातार तेस्रो जीत

यु–१६ क्रिकेटः मकवानपुरको लगातार तेस्रो जीत

प्लेयर अफ द म्याच शिवशक्ति महतोलाई ट्रफी प्रदान गरिँदै ।

हेटौँडा : काठमाडौंमा जारी यु–१६ क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार तेस्रो जीत दर्ता गरेको छ । आइतबार भएको खेलमा ललितपुरलाई ८६ रनले पराजित गर्दै मकवानपुरले लगातार तेस्रो जीत दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २२० रन जोड्न सफल भयो । मकवानपुरका लागि शिवशक्ति महतोले ८२ रन जोड्दा आशिक अधिकारीले ५३ रनको योगदान गरे । २२१ रनको लक्ष पाएको ललितपुरले ९ विकेटको क्षतिमा १३४ रन मात्रै जोड्न सफल भयो । ललितपुरका लागि जोय थापाले ८७ रनको योगदान गरे पनि हार टार्न सकेनन् । प्लेयर अफ द म्याच मकवानपुरका शिवशक्ति महतो घोषित भए । यसअघि मकवानपुरले काठमाडौं र भक्तपुरलाई पराजित गरेको थियो ।

Exit mobile version