Home मुख्य समाचार रौतहटका घिसिङ बागमतीको जंगलमा मृत भेटिए

रौतहटका घिसिङ बागमतीको जंगलमा मृत भेटिए

सांकेतिक तस्वीर ।

हेटौँडा : रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३, भोलनटारका ५२ वर्षीय मनबहादुर घिसिङ मकवानपुरको बागमती गाउँपालिका–८ स्थित कन्सेसम सामुदायिक वनमा मृत भेटिएका छन् । बागमती–८, ठोटरीखोलास्थित दाइ नरबहादुर घिसिङको घरमा आएका मनबहादुर बुधबार बिहानदेखि बेपत्ता थिए ।

परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दै जाँदा शुक्रबार बिहान साढे ६ बजेको समयमा सामुदायिक वनमा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । मृतक मनबहादुरको शव नजिकै विषादी पनि भेटिएको प्रहरीले उल्लेख गरेको छ ।

Exit mobile version