Home मुख्य समाचार स्वास्थ्यकर्मी महासंघ हेटौँडा उपमहानगरमा श्रेष्ठ

स्वास्थ्यकर्मी महासंघ हेटौँडा उपमहानगरमा श्रेष्ठ

नयाँ समिति चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हेटौँडा उपमहानगरपालिका समितिको अध्यक्षमा कुशुम श्रेष्ठ चयन हुनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हेटौँडा उपमहानगरपालिका समितिको प्रथम भेलाले श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा चन्द्र प्रकाश अधिकारी, सचिवमा अनिष सुवेदी, सह–सचिवमा अनु बज्राचार्य र कोषाध्यक्षमा नवाखर न्यौपाने चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमशः विष्णु खकुरेल, मन तामाङ, अमृता डोटेल, कृष्णा दाहाल, श्रीकान्त अधिकारी, ममता आचार्य, जेसिका पौडेल, अस्मिता बज्राचार्य, मुसेश झा, अमरेन्द्र कुमार, अमित रसिला राणा, स्वस्तिका बर्तौला, प्रतिभा सुवेदी, राघवेन्द्र यादव, सुनिता थापा, समिका विष्ट चयन भएका छन् ।

Exit mobile version