हेटौँडा : बैशाख ३१ गते बुधबारदेखि हराएका मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लीपुरका ३५ वर्षीय विष्णुप्रसाद सापकोटा सोमबार मृत भेटिएका छन् ।
आफन्तले खोजी गर्ने क्रममा घरदेखि पश्चिम–दक्षिणतर्फ रहेको कोइरालाडाँडास्थित थली जंगलमा सापकोटा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
