Home मुख्य समाचार ट्याक्टरबाट लडेर सुकबहादुरको मृत्यु

ट्याक्टरबाट लडेर सुकबहादुरको मृत्यु

हेटौँडा : त्रिपुरासुन्दरी गाउँपालिका–३, सिउरेनी ट्याक्टरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान ८ बजेको समयमा भित्री सडक खण्डमा माङपाङ खोलाबाट ठुलोवेशीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ८७४१ नम्बरको पानिको ड्रम बोकेको ट्याक्टरबाट मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

ट्याक्टरको पछाडी ढालाबाट खसेर गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–९, बगैँचाका ३८ वर्षीय सुक बहादुर कामी घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version