Home मुख्य समाचार दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१, कमेरेमा डिब्बा गाडिले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेर १० मिनेटको समयमा पृथ्वी राजमार्गमा काठमाडौबाट गल्छीतर्फ जाँदै गरेको बा ३ ख ५७६७ नम्बरको डिब्बा गाडिले विपरित दिशाबाट जाँदै गरेको बा ८७ प ७८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गाडिको ठक्करबाट मोटरसाइकल चालक काठमाडौंको बालाजुका ४५ वर्षीय मिलन लामा र पछाडी सवार धादिङको थाक्रे गाउँपालिका–८ का ४३ वर्षीय रमेश सुवेदी घाइते भएका थिए । घाइते चालकको साँझ ५ बजेर ३५ मिनेटको समयमा उपचारको क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पछाडी सवार सुवेदीको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ ।

Exit mobile version