हेटौँडा : नेपाल पुलिस क्लब हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा रौतहटलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । रौतहटका लागि टाइब्रेकरमा रेविका पाण्डे, निरु थापा, उषा नाथ र सरु वाईबाले गोल गरिन् भने गिम कुमारी गुरुङको प्रहार बाहिरिएको थियो । रौतहटका लागि सविना चौधरी र सलोनी रानाले गोल गरिन् भने मनिषा श्रेष्ठ र अञ्जली चन्दको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाइन् । प्लेयर अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
