हेटौँडा : मकवानपुर महिला गोल्डकपमा आज शनिबार सिमरा र संकटा भिड्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको सहिद स्मृति स्थानीय तह मकवानपुर महिला गोल्डकप प्रतियोगिता अन्तर्गत शनिबार नवजनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौं बिच हुने भएको हो ।
खेल दिउँसो ४ बजे हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको उद्घाटन खेलमा आयोजक रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरलाई हराउँदै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको हो ।
प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
