Home मुख्य समाचार मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका सुजन र दिपेश ।

हेटौँडा : मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले हेटौँडा–३ का २३ वर्षीय सुजन स्याङ्तान र २२ वर्षीय दिपेश तामाङलाई पक्राउ गरेको छ ।

हेटौँडा–४, शितलमहलचोकबाट गत चैत २६ गते राती १२ बजेको समयमा चोरी भएको ना ४७ प २७९४ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा सुजन र दिपेशलाई चैत २९ गते राती हेटौँडा–१३, पदमपोखरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । चोरी भएको मोटरसाइकल गत बुधबार हेटौँडा–१२, हात्तीगौँडामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । चोरी भएको मोटरसाइकल काँसघारीमा नम्बर प्लेट झिकिएको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले मोटरसाइकल धनीलाई मंगलबार मोटरसाइकल फिर्ता गरिसकेको छ ।

मोटरसाइकल धनीलाई मोटरसाइकल फिर्ता गर्दै प्रहरी ।
Exit mobile version