Home मुख्य समाचार लायन्सको गभर्नरमा विनय बस्नेत

लायन्सको गभर्नरमा विनय बस्नेत

महाधिवेशनबाट निर्वाचित भएका गभर्नरहरुको तस्वीर ।

हेटौँडा : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसको गभर्नरमा विनय बस्नेत निर्वाचित हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न भएको तेस्रो महाधिवेशनबाट बस्नेत गभर्नरमा निर्वाचित हुनुभएको हो । बस्नेतको पक्षमा ९३ मत पक्षमा, २५ मत विपक्षमा र १ मत बदर भएको थियो ।

यस्तै फस्ट भाईस डिस्ट्रिक्ट गभर्नरमा रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले पनि ९३ मत पक्षमा प्राप्त गर्नुहुँदा विपक्षमा २५ मत र १ मत बदर भएको थियो । सेकेण्ड डिष्ट्रिक्ट गभर्नरमा सुदर्शनप्रसाद अधिकारी निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी उमेश साह कानुलाई ३३ मतले पराजित गर्दै सेकेण्ड डिष्ट्रिक गभर्नरमा अधिकारी निर्वाचित हुनुभएको हो । अधिकारीले ६८ मत प्राप्त गर्नुहुँदा प्रतिद्वन्द्वी कानुले ३५ मत प्राप्त गर्नुभएको हो ।

महाधिवेशनको उद्घाटन समारोह निवर्तमान गभर्नर टासी डोल्मा तुम्बाहाङ्फेको सभाध्यक्षता तथा लायन्स क्लबका केन्द्रिय अध्यक्ष तथा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको हो । जिल्ला सम्मेलनको अवसरमा फुर्केचौरकी ३८ वर्षीया निरामाया लोप्चनलाई ह्वील चियर प्रदान गरिएको थियो । साथै, गत कार्यकालका उत्कृष्ट पदाधिकारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नवनिर्वाचित गभर्नर बस्नेतले मतदाताहरुको मतलाई कदर गर्दै सदैव संस्था र समुदायको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । आफ्नो कार्यकाललाई उल्लेखनीय बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Exit mobile version